बिरगंज , भदौ २२ गते : बिरगंजको वार्ड नम्बर १६ नगवामा रहेको सनलाइट +२ कलेजमा बाल दिवसको उपलक्ष्यमा कक्षा ११ को विद्यार्थीहरुबिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो कलेजमा ब्यवस्थापन संकायका दुई सेकसन S&S र C&C बिच प्रतिस्पर्धा भएको थियो । C&C सेकसन ले १७ अंक ल्याइ विजयी भएको थियो । S&S सेकसन ले मात्र ६ अंक ल्याएको थियो ।सो कार्यक्रम कलेजको निर्देशक रंगराजन चौरसिया , उपनिर्देशक फिरोज बदशाह सामाजिक शिक्षक विवेक गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको सहजीकरण शिक्षक दिनानाथ साहले गर्नु भएको थियो ।बिजेता बिद्यार्थीहरुलाई कलेजको निर्देशक रंगराजन चौरसियाले पुरस्कार बितरण गर्नु भएको हो साथै वहाँले प्रत्येक शुक्रबार कलेजमा Extra activities हुने जानकारी गराउनु भयो ।