

वीरगन्ज । पर्साको बिरगंज महानगरालिका वडा नं २५ ड्राईपोर्ट चौकमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुई जना महिला सहित ८८ जनाले रक्तदान गरेका छन। रक्तदान गर्नेहरूमा सुनील पटेल, सन्दिप पटेल, धीरज सिंह, सुरज सिंह, रोशन सिंह, सर्मिला केसी, सुशीला कुमारी, राम सिंह, अनिल पटेल, सुनेश पटेल लगायत रहेका छन। न्यू राव इन्टरप्राइजेजको आयोजनामा र नेपाल रेक्रस रक्त सञ्चार केन्द्रको संयोजनमा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथी पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक योगेशचन्द्र बरालले रगतको पोका दिएर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । साथै वहाले वीरगञ्जमा रगतको अभाव भइरहेको अवस्थामा न्यू राव इन्टरपराइजेजले खुल्ला रक्तदान कार्यक्रमबाट आज ८८ पोका रगत संकलन गर्न सफल भएकोमा धन्यबाद दिनु भएको थियो । डिएसपी बरालले रगत दान सब भन्दा ठूलो मानवीय कार्य भएको हुनाले खासगरी स्वस्थ युवाहरुले बढी भन्दा बढी रगत दिएर मानवीय कार्यमा जुट्न आग्रह गरेका थिए। कार्यक्रममा रोशन सिंहले पहिलो चोटी रक्तदान गरिसकेपछि भने " सुरु सुरुमा अलि डर लागिरहेको थियो तर अहिले निक्कै राम्रो महसुस भएको हुनाले अब प्रतेक तीन महिनामा रक्तदान गर्ने प्रतबद्धता गरे' । आयोजक संस्थाका अध्यक्ष राम सिंहले कार्यक्रमलाई सफल बनाइ दिएकोमा कार्यक्रमका प्रमुख अथिती,अथिती, रक्तदाता लगायतलाई धन्यवाद दिएका थिए । उनले आफू १९ औ पटक रक्तदान गरिसकेको र उमेर रहेसम्म रक्तदान गरिरहने प्रतबद्धता जनाए । साथै संस्थाको यो दोस्रो पटक कार्यक्रम भएको र रक्तदान कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै जाने आफ्नो सोच रहेको उनले बताए । कार्यक्रममा ड्राइपोर्ट चौकका युवा, समाजका अगुवा सुरक्षा कर्मी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा सहजीकरण रक्तसञ्चार केन्द्रका प्रतिनिधिहरुले गरेका थिए।