वीरगन्ज । ग्लोबल बिजनेश कलेज वीरगन्जमा शनिबार कक्षा १२ का विद्यार्थीहरु बिच "छोराछोरीलाई प्रशस्त धनसम्पति दिनुभन्दा शिक्षादीक्षा दिनु बेस" भन्ने विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
कलेजका प्रधानाध्यापक श्रीराम दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजमा अध्ययनरत २६ जना विद्यार्थीले भाग लिएका थिए । उक्त कार्यक्रमको निर्णयक मण्डलमा ठाकुरराम बहुमुखि क्याम्पसका नेपाली विषयका उप- प्राध्यापक दिलिप कुमार सिंह , सहायक प्राध्यापक रामप्रसाद पाण्डे र निरज सिंह रहनुभएको थियो ।
कलेजको वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई निर्धक्क बोल्ने सिपका विकास गर्न वादविवाद प्रतियोगिताले सघाउने विचार प्रधानाध्यापक श्रीराम दासले बताउनुभयो । उक्त
कार्यक्रममा श्रुति साह प्रथम, चान्दनी कलवार दोस्रो रोनिश पासवान तृतीय र अदिति कर्ण मानसी नेपाली, कोमल गोश्वामी, एकता पटेलले सान्तवना पुरस्कार पाएका थिए ।
कार्यक्रममा कलेजका संस्थापक अशोक शराफ , ओम प्रकाश श्रेष्ठ, कलेजका नेपाली विषय प्रमुख संदिप राज साह, शिक्षक दुर्गा गलेल , राज कुमार साह, शुभाङ्कर ठाकुर लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।