बारा । चार्ड पर्वहरूलाई लक्षित गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले कलैयाको भरत चौकमा यात्रु साहयता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।
नजिकिँदै गरेको पर्वहरू दशैँ, तिहार, छठ जस्ता पर्वहरूलाई लक्षित गरि यात्रुहरूलाई सहज होस भनेर साहायता कक्ष स्थापना गरिएको हो । जिल्लाको सदरमुकाम कलैया स्थित भरत चौकमा यात्रु साहयता कक्ष स्थापना गरिएको छ ।
सडक सुरक्षा तथा सवारी साधन न्युनिकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु साहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिनुभयो ।