वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरबाट २ लाख नगद र १४ थान सहित एकजना पक्राउ परेका छन् ।
भारतबाट नेपाल तर्फ आइरहेका राजकपुर साहलाई चेक जाँच गर्दा उनको साथबाट २ लाख नगद १४ थान साडी बरामद भएको प्रत्यकषदर्शीहरूले बताएका छन् ।
प्रहरी चौकी मिर्जापुरबाट खटेको प्रहरी टोलीले २ लाख नगद सहित १४ थान साडी बोकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा राखी थप अनुसन्धान भइरहेको हो।