वीरगन्ज : वीरगन्जको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ता नियुक्त भएका छन् ।
संघ सरकार मातहत रहेको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भभएका हुन् । यहि कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको हो । अध्यक्षमा नियुक्त गुप्ताले सोमबार देखि नै कार्यभार सम्हाल्ने भएका छन् ।
केहिबेर अघि मधेसखबरसंग टेलिफोनमा कुरा गर्दै गुप्ताले आँफु अहिले अस्पतालमै रहेको र केहि बेरमै कार्यकाल सम्हाल्ने जानकारी दिए । उनले आफनो कार्यकालमा नारायणी अस्पतालाई प्रदेशकै नमूना अस्पताल बनाउने प्रतिक्रिया दिए । मधेसखबरसंग गुप्ताले भने,‘ अस्पतालमा विद्यमान विकृति र विसंगतीलाई शुन्यमा झार्नेछु । यसका साथै बिरामी र सेवाग्राहीलाई गुणस्तरीय सहज र सुलभ उपचार उपलब्ध गराउने मेरो पहिलो प्राथमिकतामा रहनेछ ।