वीरगन्ज । पर्साको पोखरीया नगरपालिकामा कार्यरत सरसफाईका नाइके रामबली पासवानलाई निलम्बित गरिएको छ । पासवानले पालिकामै कार्यरत एक महिलामाथि दुव्र्यवहार तथा बलत्कार गर्ने प्रयास गरेको आरोपमा उनलाई निलम्बित गरिएको नगर प्रमुख प्रधुमण प्रसाद चौहान र निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गएको शनिबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनका लागि सरसफाई शाखा प्रमुख विनोद पाण्डे शुक्रबार राति ती महिलालाई सरसफाई गरिदिनका लागि नगरपालिकामा बोलाएका थिए । नगरपालिकामा आएकी ती महिलालाई सरसफाई शाखा प्रमुख पाण्डेले सरसफाई नाइके पासवानको जिम्मामा सरसफाई गर्न पठाएका थिए ।
सँगै गएका ती महिलाले पासवान माथि बलत्कारको आरोप लगाएका छिन् । पासवान माथि जाहेरी पनि दर्ता भइसकेको र उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको खण्डमा पालिकाले उनलाई हाल करार सम्झौता रद गरि प्रहरीको अनुसन्धान सहयोग गर्ने विज्ञप्ति मार्फत जनाइएको छ ।
साथै सरसफाई शाखा प्रमुख पाण्डेलाई विभिन्न प्रकारका सञ्चार माध्यम तथा अरू ठाउँबाट धाकधम्की सहित मानसिक तनाव दिइएको भन्दै त्यस्ता कामहरू तुरुन्तै रोकिदिन पनि नगरपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
नगरपालिकाले जारी गरेको विज्ञप्ति 