वीरगन्ज । पर्सा क्षेत्र न.३ (क) का प्रदेश सान्सद प्रमोद जयसवालको नेतृत्वमा पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख ई.दिपक मिश्रा र प्राबिधिक रामबालक यादव लगायतको टोलीले बिरगन्जको गण्डक देखी महुवन-जानकीटोला- भारतको सिमासम्म नहरबाटोमा रहेको सम्पूर्ण जीर्ण पुलको निरीक्षण गरेका छन्।
पर्सा जिल्लाको पुरानो एक मात्र लाइफ लाइन मानिने सडकमा रहेका पुलहरुको स्थलगत निरिक्षण गर्दै सडक बिभाग र नारायणी सिन्चाई कार्यालयसङ समेत फोन सम्पर्क गरी अवस्था बारे जानकारी गराउदै मर्मत गर्न अति आवश्यक पुलहरुको मर्मत कार्य यसै महिनामा शुरु गर्ने सहमति भएको प्रदेश सांसद जैसवालले बताए ।
भत्केका र भत्कने अवस्थामा पुगेका पुलहरुको मर्मत र दुर्धटना जोखिम देखिएका सबै पुलहरुमा catch barriere लगाउने कार्य छिट्टै हुने उनले बताए । निरिक्षणको क्रममा महत्वपुर्ण सुझाव दिनुहुने सखुवा प्रसौनी गाउपालिकाका प्रथम गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल लगायत सबै गाउका स्थानिय नागरिक र प्राबिधिक टोलीलाई सहयोगको अपेक्षा गर्दै धन्यबाद समेत उनले दिए ।