वीरगन्ज १८ असोज : इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाब खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७ ः ४५ पछि दुबईमा सुरु हुनेछ ।
पुछारमा रहेका यी दुई टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ४ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा छ । पन्जाब ४ खेलमा ३ मा हार र १ मा जित सहित सातौं स्थानमा छ । पन्जाबले तीन मध्य दुई खेलमा जित नजिक पुगेर हारेको थियो ।
पन्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । यता चेन्नईले लगातार खराब प्रर्दशन तीन हार बेहोरेको छ । चेन्नईको ब्याटिङ कमजोर देखिएको छ ।आइपिएलमा यी दुई टोलीबीच २२ खेल भएको छ ।
जसमा चेन्नई १३ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । गतवर्ष पहिलो खेलमा चेन्नई २२ रनले विजयी हुँदा दोस्रोमा ६ विकेटले पराजित हुन पुगेको थियो ।