वीरगन्ज । खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी भइरहेको अवस्थामा पर्सा प्रहरीले एउटा ट्याकटर नियन्त्रणमा लिएको छ ।
पर्साको पर्सागढी नगरपालिका–३ स्थित कर्जनाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाका अनुसार प्रहरीले बेलुका ३ :३० बजेको समयमा कर्जनहा खोलाबाट बालुवा उत्खनन गरी ट्याक्टरमा लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नम्बर नखुलेको ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको प्रहरी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ।