पर्सा । पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरबाट २ फिट गोलाइ र ५ फिट लम्बाई सालको काठ बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली मातहत रहेको प्रहरी चौकी मिलन चौक पर्साका प्रहरी सहायक निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा खटिएको गस्ती टोलीले आज बिहान १ थान सालको कांचो गोलिया काठ बरामद गरेको हो ।
राष्ट्रिय वनबाट तस्करहरुले अवैधरूपमा सालको रुख कटान गरि गोलिया बनाएर साइकलमा लोड गरी सखुवा प्रसौनी गाउँपालिका वडा नंवर ३ कौवाबन टोलमा रहेको चिरान मिल र फर्निचर उद्योगमा लैजाने क्रममा गस्ती टोलीले काठ बरामद गरेको हो ।
तस्करहरु भने गस्ती टोलीलाई देख्नासाथ काठ छाडेर फरार भएको उहाँले बताउनु भयो ।