वीरगन्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ लमरियामा रहेको दलित बस्ती जाने मूल सडकमा ढलानको लागी आइतबार नगर उपप्रमुख रुबी ठाकुरद्वारा पूजा अर्चना गरी शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उपमेयर ठाकुरले शिलान्यास कार्यक्रममै बोल्दै नगरपालिका भित्र रहेका दलित ,जनजाति,आदिवासी, पिछड़ावर्ग समुदायका मानिसहरू बसोबास गरिरहेका बस्तीलाई प्राथमिकता दिएर बाटोघाटो सहित नला बनाई विकशित बस्तीको रूपमा परिणत गर्ने मेरो योजना रहेको बताइन्।
नगर स्तरीय बजेटबाट ६ लाखको लागतमा दलित बस्तीमा ५४ मीटर सडक ढलान गरिने उपमेयर ठाकुरले जानकारी गराइन् ।
वडा अध्यक्ष केदार महतो चाईको अध्यक्षतामा भएको सडक ढलान कार्यक्रममा नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विंध्याचल ठाकुर, जिल्ला समन्वय समित पर्साको सदस्य सलिल मिया ,कार्यपालिका सदस्य राधा साह कानु , बिरेन्द्र गिरी, रामचंद्र साह लगायतको उपस्थिति रहेको थियो।