वीरगन्ज २४ असोज : नारायणी अस्पतालमा आज देखि कोभिड प्रोटेक्टेड ओपिडीको उदघाटन भएको छ । नेपालको बैज्ञानिक एवँ राष्ट्रिय अविश्कार केन्द्रका प्रमुख महाबिर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, मेसु डाक्टर संजय ठाकुर, डाक्टर सोनी झा, सानो पाइलाका शुश्मा तिवारी लगायतले धारणा राख्नुभएको थियो । अस्पताल बिकास समितीका अध्यक्ष पुरेन्द्र किशोर लाभको सभापतित्वमा भएको कार्यक्रममा कञ्चन झाले स्वागत मन्तब्य र बिबेक कर्णले कार्यक्रम संचालन गर्नुभएको थियो ।