वीरगन्ज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्रीका स्वकिय सचिव राकेश कुशवाहाले शिक्षा समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
पकाहामैनपुर गाउँपालिका अध्यक्ष एवं समितिका सभापति सुरेश मेहतालाई आइतबार राजीनामा बुझाएको उनले बताए ।
उक्त राजीनामा पत्रमा उपरोक्त सबन्धमा मलाई यस गाउँपालिकाको शिक्षा समितिको सदस्य पदमा मनोनयन गर्नु भएको हार्दिक धन्यबाद र आभार व्यक्त गर्दछु ।
हाल सम्म शिक्षा समितिमा रही आफ्नो ज्ञान र बिबेकले भ्याए सम्म सल्लाह सुझाव दिदै आएकोमा हाल व्यक्तीगत कार्य व्यस्तताको कारण शिक्षा समितिको काममा समय दिन फुर्सत नभएकोले आजैका मिति देखि शिक्षा मितिको सदस्य पदबाट राजीनामा दिएको छु भिन उल्लेख गरिएको छ ।