वीरगन्ज २४ असोजः पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले चाडपर्बमा कुनैपनि आवञ्छित गतिबिधी स्वीकार्य नहुने बताउनुभएको छ । आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा उहांले कानून हातमा लिनेहरुलाई उन्मुक्ती नदिने दृढता ब्यक्त गर्नुहुँदै अबैध ब्यापार, कालेबजारी, अखाद्य बस्तु बिक्री बितरण र मिसावट नियन्त्रणमा आफुहरुले कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्ने समेत बताउनुभयो ।
प्रजिअ तमाङ्गले कोभिड १९ सबैको लागि चिन्ताको बिषय बनेकोल्े यसको नियन्त्रणको लागि कुनै कसर बाँकी नराखिने धारणा राख्नुहँुँदै यताका दिनमा संक्रमणको ग्राफ घटनुमा प्रभावकारी योजना निर्माण र कार्यन्वयन प्रमुख रहेको समेत बताउनुभयो । उहाँले सीमामा नाकामा कडाइ गर्र्नुको साथै निर्बाध रुपमा आवगमनलाई नियन्त्रण गरेपछि कोरोना भाइरसको संक्रमण कम भएकोले यसलाई रोक्न बोर्डर खुला हुने सम्भावना नरहेको समेत बताउनुभयो ।
प्रजिअ तमाङ्गले चोरी पैठारी र राजस्व दोहन कार्यलाई निरुत्साहित गरिने बताउनुहुँदै स्थानीय तहमा हुने बदमासी नियन्त्रण र दोषी पाइएमो हदैसम्मको कानूनी कारबाही अघि बढाउने आफुलाई कुनैपनि प्रभावले प्रभाबित नपार्ने दृढता समेत ब्यक्त गर्नुभयो ।
उहाँले कोरोना कालमा भए गरेको खर्चको फेहेरिस्त खोजिने पारदर्शि बनाइने र बदमासी देखापरेमा अनुसन्धान र कारबाही हुने समेत बताउनुभयो । दशै तिहार र छठलाई मध्य नजर गरेर भिड नगर्ने गरि मात्र परम्पराको निरन्तरतको मापदण्ड बनाइने गहवा माई, बिन्दवासिन लगायतका शक्तिपीठाहरुमा यसबर्ष बलि नचढ्ने समेत बताउनुभयो । उहाँले हुण्डी, अबैध जूवा, सट्टा लगायतको कारोबारमा आफ्नो निगरानी भैरहेकोले यसको परिणामा चाँडै देखापर्ने समेत बताउनुभयो ।