पर्सा । पर्साको पोखरीया नगरपालिका वडा नं १० मा रहेको नौवरंगिया नदीमा २० लाखको लागतमा पक्की बांध निर्माण हुने भएको छ । पोखरीया नगरपालिका वडा नं १० मा रहेको नौरंगिया नदीको किनारमा २० लाखको लागतमा लामो पक्की बांध निर्माण हुने भएको हो ।
पक्की बांध निर्माण भएपछि किसानलाई खेतवारी जान र स्थानीयहरुलाई विभिन्न ठाउँमा आवत जावत गर्न सहज हुने भएको छ । पर्सा क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले आफनो संसदीय कोष रकमबाट पक्की बांध निर्माण गर्ने भएपछि स्थानीवासीहरु हर्षित भएका छन ।
सोमबार प्रदेश सांसद क्षेत्रीले पक्की बांध निर्माणको शिलान्यास गरेको स्वकिय सचिव राकेश कुशवाहाले जानकारी दिए । बांध निर्माण हुने ठाउँमा वर्षातको मौसममा धेरै समस्या हुने गरेको थियो । बांध निर्माण हुने भएपछी किसान , स्थानीयवासीहरु र छठ पूजा गर्ने स्थान त्यही भएका कारण छठ पर्व गर्ने बर्तालुहरु समेत खुसि भएका छन ।