वीरगंज । नेशनल मेडिकल कलेज प्रशासनले पक्राउ परेका कलेजका एमडी एवं ल्याबका डाक्टरलाई प्रहरीको हिरासतबाट छ्टाउन र मुद्दा बंग्याउन चलखेल सुरु गरेका छन् । एक बरिष्ठ संचारकर्मी भनाउने पत्रकारीले मुद्दा मिलाउनका लागि सेटिङ्ग गरिरहेको श्रोतको दाबि छ । यसबिच, अस्पताल प्रशासनले नैतिक्ता भुलि मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै अनुगमन टोलीले लगाएको आरोपहरुलाई खण्डन गरेको छ ।
यस अघि हिजो वीरगंज महानगरपालिको अनुगमन टोली सहित पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेल सहितका प्रहरी टोलीले बीरगंज १५ स्थित नेशनल मेडिकल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अंसारी एवं ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरेको थियो ।
अनुगमन टोलीले कलेजको ल्याबमा हुने परिक्षणमा गम्भीर किसिमको त्रुटीहरु गरेको फेला परेको थियो । कलेजको ल्याबमा म्याद सकिएको केमिकलहरु प्रयोग गरेको एवं स्वास्थ्य जस्तो अतिसंवेदनशिल कुरामा खेलवाड गरेको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको थियो । तर कलेज प्रशासनले मंगलवारको जारीको प्रेस बिज्ञप्तीमा अनुगमन टोलीलाई अबैधानिक द्वेषपूर्ण र पूर्वाग्रहपूर्ण कार्य निरिक्षण गरेको भन्दै सो कार्यको आलोचना गरेको छ । साथै अनुगमन टोलीले लगाएको आरोपलाई ठाडै अस्वीकार गरी कलेजका प्रबन्ध निर्देशन एवं ल्यावका डाक्टरलाई रिहा गर्न माग पनि गरिरहेको छ ।