वीरगञ्ज । जिल्ला प्रहरी कर्यालय पर्साले वीरगञ्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी गरिरहेको छ । महाबिर स्थान नजिकै रहेको पम्पम बिलडिङस्थित काजल इम्पेक्सको गोदाममा छापामारी गरिरहेको पर्सा प्रहरीले जनाएको छ । पम्पम बिलडिङको ९ वाटा कोठामा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भाण्डार गरी राखेको सुचना पाए लगतै पर्सा प्रहरीले छापामारी गरेको हो ।
उक्त गोदामबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । धेरै परिमाण्मा कपडा बरामद भएपछि प्रहरीले छापामारी जारी राखेको प्रहरी स्रोतले जानकारी दिएको छ । ९ वटा गोदाममा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भाण्डार गरी राखेको गोदाम मध्ये काजल इम्पेक्सको गोदाममा छापामारी भइरहेको र बाकी गोदामका साहुहरु फरार रहेका छन ।
बाकी रहेको गोदाम कानुनी प्रक्रिया पुगाई त्यसको पनि अनुसन्धान गरिने पर्सा प्रहरीले जनाएको छ । अहिले छापामारी जारी रहेकोले विस्तृत विवरण आउन बााकी रहेको प्रहरी स्रोतले जनाएको छ ।