पर्सा । प्रहरीले लागुऔषध गाँजासहित एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीया कृष्णाचन्द्र प्रसाद साह तेली रहेका छन ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ४ मधवलस्थित गाउँबाट उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसिले बताए । उनको साथबाट बेच्दै गरेको अवस्थामा ४८ वटा गाँजाको पुरिया बरामद गरिएको छ ।
उनको घरमा लागूऔषध गाँजाको पुरिया बिक्री वितरण गरिएको भन्ने सुराक पाएपछि प्रहरी चौकी अमरपटिबाट बरिष्ठ सई रंजन कुमार सिंहको नेतृत्वमा खटिएको प्रहरीले रित पुर्व घर तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।