वीरगंज । पर्साको दोश्रो सदरमुकाम रूपमा परिचित पोखरीया नगरपालिका आज एक कार्यक्रमका बीच छात्रबास र सार्वजनिक धर्मशालाको शिलान्यास गरिएको छ ।
नगरपालिकाको वडा नं ४ पोखरीया बजारको फरक फरक दुई ठाउँमा प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्री पूजापाठ गरी शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको उक्त छात्रबास र सार्वजनिक धर्मशालाको शिलान्यास गर्दै प्रदेश सभा सदस्य क्षेत्रीले आफू विकाशको लागि हरपल लागिरहेको बताउनु भयो ।
२५ लाखको लागतमा निर्माण हुने छात्रवास र १० लाखको लागतमा निर्माण हुने सार्वजनिक धर्मशालाको शिलान्यास कार्यक्रममा पोखरीया नगरपालिकाको प्रथम मेयर दिपनारायण रौनियार , वडा अध्यक्ष लक्ष्मन साह लगायतको सहभागिता रहेको थियो ।