बिन्दबासिनी / गर्मी अत्यधिक बढेपछि बिन्दबासिनी गाउपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मी र ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि दुई दिनका लागि गाउपालिका अन्तर्गतका सम्पूणर् विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख कपिल लामिछानेले जानकारी दिए।
उनका अनुसार यही १७ देखि १८ जेठसम्म पालिका क्षेत्रमा रहेका सम्पूणर् विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निणर्यअनुसार बिदा दिइएको हो ।
तापक्रम अहिले ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।