पर्सा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पर्सामा चन्दा आंकत मचाएको भेटिएको छ । उक्त दलले बिभिन्न स्थानमा धम्की दिएर चन्दा माग्ने गरेको बताईएको छ ।
चन्दा नदिए आक्रमणको गर्ने धम्की पनि दिईएको छ । बिभिन्न चेतावनीयुक्त सन्देश दिएर कार्यवाहि गर्ने भनेपछि व्यवसायीहरु अहिले आतंकित भएको बताईएको छ ।
आर्थिक मंदिका कारण अधिकांसको अवस्था खराब भएको समय चन्दा आतंकको घटनाका कारण व्यवसायी थप त्रस्ति रहेका छन्। स्थानिय प्रशासन भने यस बिषयमा बेखबर रहेको देखिएको छ ।
श्रोताका अनुसार मधेश प्रदेशको बर्दिबासमा हुने कार्यक्रमका लागि पर्साका बिभिन्न जन प्रतिनिधि तथा स साना ब्यापारीलाई जान मार्ने धम्की दिई चन्दा मागिरहेको नाम नखुलाउने सर्तमा एक जनप्रतिनिधिले बताएका छन ।
बलियो श्रोताका अनुसार एक जना चौरसिया तथा एक जना यादव थर भएका व्यक्ति चन्दा संकलनमा सक्रिय रहेका छन ।