वीरगंज । मिनिल्याँड +२ कलेजले आफ्ना नव अगुन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास भएका विद्यार्थीलाई विदाई गरेको छ । सोमबार विरगंजको बिन्दबासिनी पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा सो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल जितेन्द्र पटेलले कलेजका नयाँ विद्यार्थीलाई सकारात्मक सोच लिएर आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरे । उनले वीरगंज पानीटंकीमा शान्त,पारिवारिक र अनुशासित वातावरणमा अध्ययन अध्यापन गराईने भन्दै भविष्यको सुन्दर कल्पनालाई यथार्थमा परिणत गराउन कलेजले विभिन्न क्रियाकलाप गर्ने बताए ।
कार्यक्रममा कलेजका सञ्चालक एवं प्रमुख अतिथि लालबाबु पटेलले अनुशासित विद्यार्थीले मात्रै आफ्नो लक्ष्य पुरा गर्ने बताउदै विद्यार्थीले मेहनेत र परिश्रम गरेर भावी दिनमा राज्यको एक असल र सक्षम व्यक्ति बन्नुपर्ने बताए । कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका आफ्ना प्रस्तुती दिएका थिए ।