वीरगंज,असोज ३०
६५ औँ प्रहरी दिवसको अवसरमा आज बाराका प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनी सम्मानित भएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाराका प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनीलाई प्रशंसा पत्र प्रदान गरेका थिए । नेपाल प्रहरीको विभागिय नीति निर्देशन अन्तरगत रही सुम्पिएको जिम्मवारीलाई कुशलतापूर्वक काम गरेको र कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी कार्य क्षेत्रमा प्रहरी उपरीक्षक पगेनीले उत्कृष्ट कार्य गरेकोमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामले उच्च अमूल्य योगदानको साथ सम्मान गरेको हो । उनले बारा जिल्लाको कमाण्ड सम्हाले देखि नै धेरै वर्ष देखि फरार रहेका अभियुक्त त्यस्तै पत्रकार हत्यामा समेत सलङ्गन रहेका अभियुक्तहरुलाई कानुनको कठगरा ल्याएका छन् । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बारामा विभिन्न खाले सचेतना तथा जनचेता कार्यक्रमहरु पनि गर्दै आएका छन् ।