पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिकाको १२ अौ गाउँ सभा अाथिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम अाज भईरहेको अवस्थामा गाउँपालिका उपाध्यक्ष सरफु नेसा र चार वटा वडअध्यक्ष समेत २१ जना ले गाउँ सभा कार्यक्रम लाई बहिसकार गरेका छन।
पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले अाफ्नो एकलौटी तानासाह चलाउदै अाफ्नो मनोपोली तरिकाले काम गरिरहेको उपाध्यक्ष सरफु नेसा समेतको जनप्रतिनिधि हरुले बिरोध गरि कार्यक्रम बहिसकार गरेका छन।गाउँ सभा गर्न अध्यक्ष ले सात दिन पहिला लिखित पत्र पठाउने नियम रहेपनी अध्यक्ष मेहता ले घमण्डी पारामा फेसबुक बाट जानकारी गराउदै गाउँसभा मा उपाध्यक्ष सरफुनेसा ,वडा अधयक्षबिनोद मेहता,संजय चौहान,ढेरी यादव,बलराम प्रसाद चौरसिया,लगायत कार्यालिका सदस्य ,गाउँपालीका सदस्य गरि २१ जना ले कार्यक्रम बहिसकार गरेका छन।
अध्यक्ष सुरेश मेहता ले गरेको गाउँसभा मा एक जना वडाअध्यक्ष गरि ८ जना को मात्र सहभागिता मा गाउँ सभा बलजबरजस्ती गरिरहेको छ। सभा हल मा गाउँपालिका अध्यक्ष सुरेश मेहता को अध्यक्षतामा सम्पन्न भएको छ। अध्यक्ष मेहताको निर्देशनमा प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरीले बिना बहुमतको गाउँ सभा गर्न खोजेको बिरोधमा रहेको जनप्रतिनिधि हरुले बताए। अाज बैठक बसी २१ जनप्रतिनिधि हरुले गाउँपालिका मा बल जबर्जस्ती भईरहेक गाउँ सभा लाई बहिसकार को निर्णय गरिएको छ।
बल जबर्जस्ती गाउँ सभा गर्न खोजेमा हामी २१ जना जनप्रतिनिधि प्रतिकारमा उतर्ने उपाध्यक्ष सरफुनेशा ले बताईन।