बिरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०६ गम्हरीयाकी एक १३ बर्षिया बालिकाको सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।असार ०७ गते राति ८ बजेको समयमा कोमल साह (नाम परिवर्तीत) एक १३ बषिर्या बालिकाको स्थानिय अन्दाजी २१ बर्षका बिशाल साह तुरहा, २० बर्षका संतोष साह तुरहा र २१ बर्षका निरन्जन साह तेलीले संयुक्तरुपमा जबरजस्ती गरेको पिडिताको भनाई छ ।
यो समाचार तयार पर्दा समय सम्म घटनाको ११ दिन भई सकेको छ । कसैले पनि सहयोग नगरेको कोमलको आमा र भाईले बताएका छन । प्रहरीले आफनो काममा ढिला सुस्ती गरिरहेको र मुदा दबाउन खोजेको पनि परिवारजनले आरोप लगाएका छन ।
“यस प्रकारको जघन्य अपराधमा समेत केटाको पक्षबाट र बिभिन्न नेताहरुबाट मिलाउन दबाब आईरहेको छ”, हामीलाई न्याय चाहियो पिडितका १५ बर्षिय दाईले गहभरी आशु पर्दै ज्योति दैनिकलाई बताएका छन । “मेरो बुबा बितिसक्नु भएको छ” गरिबको कोहि पनि छैन, उनको बिलौना छ । “हामीलाई न्याय चाहियो महिला सेलाका महिला कर्मचारीले हामीलाई बहिनी संग समेत भेटन दिएन्न”े उनले सुनाए ।
“महिला सेलको कर्मचारी केटा पक्षसंग निकै हासी हासी कुरा गरेको तर हामी पिडित संग हप्काएर कुरा गरिन र पठाईन” उनको गुनासो छ। घटना भएको दिन देखि आरोपित संतोष साह तुरहा भने फरार रहेका छन । प्रहरी बाँकी दुई आरोपितलाई समातेर अनुसंधान गरिरहेको छ । हाल यस बिषयमा अभ्रद व्यहारको मुदा दर्ता गरिएको श्रोतले बताएको छ ।
“घटनालाई पञ्चायतीबाट मिलाउन धेरै दबाब आएको र महिला सेलमा एक जना दलालले पिडक पक्ष संग एक लाख रकम बुझेको र तेली थरका एक जना केटाको नाम हटाउन खोजी रहेका छन” पिडितका दाईले बताए । उनि दलालले तिमीहरु संग केहि पनि नहुने र तिम्रो मुदा पनि दर्ता नहुने र बहिनीलाई कुट्ने, ज्यान मार्ने धम्काउने दिने गरेको छ” पिडितका दाईले सुनाए ।
हाल यो बारेमा अनुसंधान भईरहेकोले अहिले केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।