जगरनाथपुर । जनमत पार्टी जगरनाथपुर गा पा समिति को आयोजना तथा दृष्टि ऑखा अस्पताल को प्राविधिक सहयोग मा जगरनाथपुर गा पा वा न ६ आवराहा को श्री ने रा प्रा विघालय को प्रांगण मा यूवा नेता बृजेश्वर प्रसाद चौघरी ज्यूँ को अघ्यक्षतया मा निशुल्क ऑखा शिविर संगै नाक कान घाटी समेत को परिक्षण समपन्न भएको छ।
प्रमुख अतिथि मा जनमत पार्टी का जिल्ला उपाघ्यक्ष अमर नाथ सिंह राठौर हुनु हुन्थयो भने स्वागत मन्तब्य हीरालाल राम तथा संचालन अशोक चौरसिया ले गर्नु भयो।
त्यस्तै विशिष्ट अतिथि मा जनमत पार्टी का जिल्ला सदस्य रोशाना खातुन,दृष्टि ऑखा अस्पताल का डायरेक्टर रैजू प्रसाद साह,सामाजसेवी लछुमन पटेल त्यस्तै अतिथि मा रामबहादुर चौरसिया,उर्मिला देवी,मुन्ना ठाकुर लगायत यहा थुप्रै स्थानीयहरु को उपस्थिति रहेको थियो।
यसरी यहा कूल १४७ जना को ऑखा को चेकजॉच पश्चात १९ जना मोतियाविन्द का पेशेन्ट भेंटिए।३८ जना लाइ यहा फ़्री मा ड्रप पनि दिइयो। त्यस्तै नाक कान घाट को चेकप पछि ४२ जना लाभान्वित पनि भएका छन।
यी मोतियाविन्द का पेशेन्टहरु लाइ यही ३१ गते सोमवार का दिन यहा बाट आफ्नै साधन स्रोत बाट वीरगंज को दृष्टि ऑखा अस्पताल मा लगी कूल लागत को ६० प्रतिशत को भारी छुट साथ शल्यक्रिया गरिने डौक्टर शनि केशरी ले जानकारी गराउनु भएको छ।