बीरगंज । श्री दुर्गा पुजा सेवा समिति श्रीपुर ११ द्वारा बिजयी दशमी दिपावली तथा छठ पर्वको शुभ अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना भएको थियो। वृहत रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जना ले रक्तदान गरेका थिए। रक्त दान गर्नु हुनेमा कुन्दन साह कल्वार , उमेश शर्मा , अंशु कुमार पटेल , मुना महतो , जगर्नाथ महतो धानुक , आनस महतो धानुक , सन्जय प्रसाद , रुपेश राज पटेल , सदाम हुसेन , सुनिल महतो कहार , माधव साह , प्रसनना कर्णा लगाएतकाले रक्तदान गरेका थिए।
श्री दुर्गा पुजा सेवा समिति श्रीपुरका अध्यक्ष दिपेन्द्र महतो धानुकको अध्यक्षता मा सम्पन्न भएको सो कार्यक्रम प्रमुख अतिथिमा बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह अथिति हरु श्रीपुर वडाका समाजसेबी तथा एमालेका नेता सुन्दर प्रसाद कुर्मि , राजेन्द्र भट्राई , नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता को उपस्थिति रहेको थियो।