बीरगंज । कुम्हालटोल सुधार समिती वीरगन्ज -७ द्वारा निशुल्क भोजन को शुरुवात गरी शिविर को पहिलो दिन आज शनिबार रेल्वेरोड सामुदायिक प्रहरी कुम्हालटोलको छेउमा शुभारम्भ गरि गरिब असहाय दलित निमुखाहरु लाई निशुल्क भोजन गराएका छन।कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल यादब, सह - सचिव रितेश गुप्ता तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी , अभिलाष कुमार गुप्ता बिरगंज समाजका अशोक गुप्ता , मनोज मिश्र ,बिरगंज कपडा बैंकका लालबाबु सिंह लगायतका उपस्थिति रहेको थियो।
सो निशुल्क भोजन कार्यक्रम अहिले को लागी महिनामा १ पटक मात्र गरीने सचिव रितेश गुप्ता ले जानकारी गराए। सो कार्यक्रमको लागि आवश्यक पर्ने, खादान समान ,रुपैया आयोजक परिवार एवं सहयोगी टाेल बासिहरु संग संकलन गरेर गरिएको संस्थका अध्यक्ष नंदलाल यादव ले बताए।