बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंघासन साह तेलीले एकलौटी गर्न खोज्दा गाउँसभामा तमासा देखएिको छ । नगरप्रमुख तेलीले वडा अध्यक्षहरुको बजेटमा हस्तक्षेप गर्दा नगरसभामा भद्रगोल सगै बिबाद उत्पन्न भएको छ । नगरप्रमुख तेलीले प्रमुख प्रशासकीय अधकिृत मोहम्मद शेरे मुस्तुफालाई च्याप्दा र वडा अध्यक्षहरुको बजेट कटौती गर्न दबाव दिदाँ तमासा देखएिको हो ।
अधकिृत मुस्तुफाले सबैलाई मिलाएर संगै लैजान आग्रह गर्दा मेयर तेलीले नमाने पछि अधकिृत मुस्तुफालाई उपमेयरलगायत वडा अध्यक्षहरुले संरक्षण गर्दा मेयर तेली र वडा अध्यक्षहरुमा चरम द्वन्दको सिकार उक्त नगरपालकिा बन्न पुगेको छ ।
मेयर साह कुनै पनि हालतमा वडा अध्यक्षहरुको बजेट नदिन दबाव दिदा अधकिृत मुस्तुफाले इन्कार गरेपछि नगरप्रमुख तेलीले कामकाज गर्न नदिने पक्षमा छन् । आपसी बिबाद मिलाई नगरसभामा गर्नुको सटा नगरप्रमुख तेलीले अधकिृत मुस्तुफालाई त्यहाँबाट हटाउने पक्ष लागेका छन । तर अधकिृत मुस्तुफाको २ बर्ष नपुगेकोले सरुवा हुन्न नसक्दा नगरप्रमुख तेलीले मन्त्रीले सरुवा नगरेकोले बिभिन्न किसिमका आरोप लगाउदै आएका छन ।
नगरसभामा गर्नुको सटा नगरप्रमुख तेलीले पटक पटक उनलाई हटाउन काठमाडौंमा पुगेर पर्साबाट प्रतनिधित्वि गर्ने मन्त्रीहरूको हारगुहार गरिरहेकाका छन् । नगरसभा नहुदा कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन् । उपमेयरलगायत वडा अध्यक्षहरुले बहादुरमाईको समस्या हल गर्न पटक पटक नगर प्रमुख तेलीलाई भनेपनि उनी नगरसभाको वास्ता गरेका छैनन ।
नगरसभालाई नगर प्रमुख तेलीले आलटाल गर्दै बालहठ देखाएर उक्त नगरपालकिालाई अनणर्ियको बन्दी बनाउँदै आएका छन् ।