धनुषा, जेठ २४
धनुषा जिल्लामा थप एकसाताको लागी निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी सात दिनका लागि निषेधाज्ञा थप गरिएको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।बैठकमा दोश्रो भेरियन्टको कोरोना संक्रमण दर घटेको र अवस्था समान्य हुँदै गएको समिक्षा गरिएको छ ।