वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलको आयोजनामा बिरगंज १६ स्थित बाइपासमा माता वैष्णो देवी मन्दिरमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेल द्वारा सरसफाई कार्यक्रम सम्पन्न भयो।
सो कार्यक्रममा समाजसेबी सकलदेव सिंह , चन्द्र सेखर श्रीवास्तव लगायतकाको उपस्थिति रहेको थियो भने सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका पदाधिकारी सावित्री भुमियार , ज्ञानमाया रायमाझी , सुशील कुमार बर्णवाल , प्रकाश कुमार गुप्ता एवम सन्चारकर्मी अभिलाष कुमार गुप्ता लगाएतकाको उपस्थिति रहेको थियो।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका प्रहरी सहायक हवल्दार कुमार बि.क. , प्रहरी जवान दिलिप कुमार कोइरी एवं वैष्णो देवी चौक प्रहरी बिटका प्र. स. नी. उपेन्द्र यादव , प्रहरी जवान अनिल यादव सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी तथा आजिवन सदस्य लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रम सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझीको उपस्थितिमा सम्पन्न भएको थियो।
