वीरगन्ज ३ कार्तिक : पर्साको जीराभवानी गापामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । बिहान घरमा नै खेलिरहेको समयमा सर्पले डस्दा जीराभवानी गापा (१, काठमाडौं टोलाका स्थानीय राजेश गुरो थारु का ९ वर्षीय छोरी रेनु कुमारीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बीरगंज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको आफन्तलाई उदृत गर्दै सहकर्मी कृष्णमोहन साहले जानकारी दिएका छन । सोमबार घरमा नै खेलिरहेको समयमा बालिकालाई सर्पले डसेपछी उनलाई ठोरी ४ मा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। विषालु प्रजातिको सर्पले डसेको र पानी ट्याङ्की ल्याइपुर्याउदा बालिकाको अवस्था गम्भिर भएपछी उनलाई थप उपचारका लागि बीरगंज पठाइएको सर्पदंश केन्द्रका स्वास्थ्य प्राविधिकले बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले बीरगंज पठाइएको प्रविधिकको भनाईरहेको छ ।