खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बिरगंजको होटलहरुमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहले जानकारी गराएका थिए।
अनुगमन गर्ने क्रममा बिरगंजको छपकैया स्थित लजिज बिर्यानी हाउस , मुरादाबादी बिर्यानी हाउस , ताज बिर्यानी, जाइका बिर्यानी लगायतका होटलहरुमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका अखाद्य बस्तुहरु नष्ट गरिएको थियो। अनुगमन गर्ने क्रममा होटलहरुमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरिएको थियो। जाइका बिर्यानी र ताज बिर्यानि हाउसलाइ जन्ही १०-१० हजार जरिवाना गरि सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको थियो। भने दर्ता नभएका होटलहरुलाई तुरुन्तै दर्ता गर्न निर्देशन पनि दिइएको थियो। खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजले खाद्य बस्तुहरुलाई टेस्टो मिटरद्वारा बैज्ञानिक ढंगले चेक जाँच गरिएको थियो।
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले गरेको अनुगमन टोलिमा बिरगंज माहानगरका बरिष्ट खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास , उपभोक्ता हित संरक्षण मन्चका अजित कुमार भुजेल, बिरगंज उद्योग बाणिज्य संघका मनोज कुमार दास, पत्रकार महासंघ बिरगंजका युबराज खड्का, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय , बाणिज्य कार्यालयका , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो