बिरगंज । बिरगंज महानगरपालिका वडा नं. १९ विन्दवासिनीमा विराट कुस्ती प्रतियोगिता को आयोजना भएको थियो । सो खेल को आयोजना वडा नं. १९ विन्दवासनी निवासी विरबहादुर यादव ले गरेका थिए।
एक कार्यकम आयोजना गरी सो प्रतियोगिताको उद्घाटन प्रमुख अथितिको रुपमा पालनू भएका बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले एक रिबन काटी बिराट कुस्ती प्रतियोगिता को शुभ आरम्भ गरेका थीए।
कार्यक्रम मा बोल्दै कुस्ती प्रतियोगिता एउटा खेल न भई शरिरिक ब्याम रहेको यो प्रतियोगिताले मानव शरीर लाई चुस्त दुरुस्त बनाउनु को साथै मानिस लाई फुर्तिलो र चनाखो बनाउने आलम ले बताए । खेलखुद मा मेरो बालयकाल देखि नै केमेरो रुचि रहेको र कबडी खेल बालयकालमा बढ़ी खेलेको स्मरण गरे ।आज यो कबडी खेल को उद्घाटन गर्दा धेरै खुशी लागेको भन्दै आउने दिनहरु मा यस्ता प्रतियोगिता गर्ने लाई सहयोग गर्ने बताए।
उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडा १९ का वडा अध्यक्ष मुकेश चौरसिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को का.ब. सभापति अनिल सिंह,अतिथिहरुमा ओम प्रकाश सरार्फ धर्मराज यादव लगायत आस पास का विभिन्न गाउँ का जनताहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।