बिरगंज । बिरगंज महानगरपालिका वार्ड न. ५ स्थित कुम्हालटोलमा निर्मित " नारायणी स्पोर्ट्स क्लब " को भवन समुद्घाटन समारोह तथा सम्मान कार्यक्रम सोही भवनमा सम्पन्न भएको छ।सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य मा. लालबाबु राउत द्वारा वीरगंज महानगरपालिका वार्ड न. ५ मा नव निर्मित " नारायणी स्पोर्ट्स क्लब " को भवन समुद्घाटन समारोह तथा सम्मान कार्यक्रम सुसम्पन्न भएको थियो भने विशिष्ट अतिथीमा एमालेका पुर्व नेता बाबुजान अल्ली, एमालेका नेता एवम् वरिष्ठ पत्रकार लालबाबू शेष , वडा अध्यक्ष जय प्रकाश साह , अर्को वडा अध्यक्ष रितेश गुप्ता एवम् नगवाका वडा अध्यक्ष प्रशुराम चौरसिया ,सामुदायिक प्रहरी कुम्हालटोलको सचीव श्रवणबहादुर रायमाझी , युवा नेता ललन सिंह , लालबाबु आलम , प्रवेज अखतर , प्रभाकर गुप्ता , शुनिल शर्मा समाजसेवी अयुफ अन्सारी , शिक्षिका सरिता खडकि , डा. मनोज उपाध्याय लगायतकाहरु एवम् वडाबसिहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।


कार्यक्रम सहजीकरण वरिष्ठ स्थम्भकार एवम् नेता कुमार रुपाखेतीले गर्नु भएको थियो।सो कार्यक्रममा विशिष्ट ब्याक्तीहरु लाई सम्मानित पनि गरेको थियो।