बिरगंज । पर्सा जिल्ला स्थित पर्सागढी नगरपालिका हरपुर पर्सामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो रक्तदान पर्सागढी नगरपालिकाको ब्यवस्थापन एवम् नासा युवा क्लब पर्सागढी ७ टिकुलियाको संयुत आयोजनामा संचालित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी पर्सागढी नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठक एवं अतिथिमा पर्सागढी नगरपालिकाको उप-प्रमुख पुजा चौधरी , नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेल , दिनानाथ रौनियार , पर्सागढी ७ का वडा अध्यक्ष शकर राज भर , नासा युवा क्लब पर्सागढी ७ टिकुलिया अध्यक्ष सोनालाल राय लगाएतको उपस्थितिमा रहकर थियो।
रक्तदान कार्यक्रममा १ महिला सहित ३७ जना रक्त दाताहरुले रक्तदान गरेका छन। आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा रिया कुमारी , कृष्ण महरा , राम अवधेश सहनी , भुनेश्वर प्रसाद यादव , निरन्जन साह तेलि , राम आशिष् सहनी , जसवन्त पन्जियार, विशाल पन्जियार , खेम राज महतो , आनन्द पन्जियार लगाएतकाहरुले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी रेशमकोठी
उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका छन।
उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्त संचार केन्द्रका मनिष गुप्ता , नमित चौरसिया लागायतका प्राबिधिकहरुको सहयोगले कार्यक्रम सम्पन्न भएको छ।