वीरगन्ज ५ कार्तिक : पर्सा बारा र सर्लाहीमा गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको कुल ९६ जनाको स्वाब परिक्षणमा बाराका ७, पर्साका ११, सर्लाहीका १ जनामा गरि कुल १९ जनामा पुष्टि भएको हो । पर्सामा संक्रमण हुनेमा बिरगंज वडा न. १३ का २ जना , वडा न. १४ का ३, वडा न. २९, १५, ४ र २ मा एक÷एक जना र १ जना वडा नखुलेका रहेका छन । र बाकि १ जना जगरनाथपुर गाउपलिकाका रहेका छन । यसैबिच, रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।https://www.youtube.com/watch?v=tQOOyMp5QLU