बिरगंज । पर्सा जिल्लामा सशस्त्र प्रहरीले भन्सार छल्दै भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल न. १३ गण हे.क्वा. बिरगंज पर्साबाट स.प्र.नि. आन बहादुर गुरुङको नेतृत्वमा गण्डक स्थित चेकपोस्टमा खटिएको टोलीले रु ७९,८०० बराबरको किराना सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ
त्यसैगरी, सशस्त्र प्रहरी गुल्म बिरगंज बाट खटिएको अर्को टोलीले बिरगंज महानगरपालिका वडा नम्बर - १६ स्थित भन्सार मेनगेट र सीमावर्ती नाकाहरूमा चेकजाँच गर्दा रु. १८,२६,५४७ बराबरका मोटर पार्ट्स, सामान्य औषधि, मोबाइल एसेसरिज, जुत्ता र किराना सामान बरामद गरेको छ। साथै, ना १० प ६६९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ।