बिरगंज । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई वडा समितिको कार्यालयले जाडाे लाई मध्यनजर गर्दै स्विटर र टोपी वितरण गरेको छ।
बिरगंज महानगरपालिका पर्सा स्थित वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई वडा समितिको कार्यालयले जाडाे लाई मध्यनजर गर्दै स्विटर र टोपी वितरण गरेको हो ।
सो वितरण कार्यक्रम वडा अध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे भने उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुशवाहा एवम् सोही विद्यालयका प्रधानाध्यापक प्रेम राय , वडा सदस्यहरू, शिक्षक, शिक्षिकाहरु ,विद्यार्थीहरु , अभिभावक बर्गहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वडाध्यक्ष मनोजकुमार यादवको विद्यालयको कक्षा १ देखि १० सम्मका सात सय जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटर र टोपी वितरण गरिएको हो ।
आइतबार विद्यालयमै आयोजित कार्यक्रममा वडाध्यक्ष यादवले विद्यार्थीलाई स्विटर र टोपी वितरण गरेका थिए ।
अभिभावकहरूकै सुझाव अनुसार प्रत्येक विद्यार्थीबाट जनही १५० रुपैयाँ सङ्कलन गरेर त्यसमा वडा समिति कार्यालयबाट ३५० रुपैयाँ थपेर कुल पाँच सय बराबर रुपैयाँको स्विटर र टोपी खरिद गरेर विद्यार्थीलाई आइतबार वितरण गरिएको थियोे ।