बिरगंज । बिरगंजको पर्सा जिल्लामा विद्यालय स्तरका खेल गतिविधिलाई प्रभावकारी बनाउन नेपाल विद्यालय खेलकुद महासङ्घको जिल्ला कार्यसमिति गठन गरिएको छ ।सो भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष दिपक साह र राहुल श्रीवास्तव, सचिव अमित आलोक, र कोषाध्यक्ष विजय कुमार बल चयन भएका छन् । सदस्यहरूमा मनीषा सुनुवार श्रेष्ठ, उत्तम गुप्ता, राम दरेस साह, लालबहादुर गुरुङ, विमला गुप्ता, हिमांशु पाख्रिन, राम नरेश यादव, र पृथ्वी आलोक रहेका छन् ।नेपाल विद्यालय खेलकुद महासङ्घ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको निकाय हो, जसले विद्यालय स्तरमा खेलकुद गतिविधिको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
महासङ्घको मुख्य उद्देश्य विद्यालयबाटै खेलकुद प्रतिभा पहिचान गरी उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु हो ।
महासङ्घले खेलकुद शिक्षालाई प्रवर्द्धन गर्दै विद्यालयहरूको समन्वयमा खेलकुद प्रतियोगिता, तालिम, र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चौरसीयाले जानकारी दिए । विशेष गरी ग्रामीण र सहरी क्षेत्रका विद्यालयहरूबिच खेलकुदमा सहभागिता बढाउन काम गरेको उनले बताए।