बिरगंज । बिरगंज नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु द्वारा विद्यालयमा तालाबन्दी गरि विद्यालयको गेट अगाडी आगो बाली विरोध प्रदर्शन गरेका छन।
विद्यार्थी भाईबहिनिहरुको अनुसार विद्यालयमा शिक्षकको अनुपस्थितिले गर्दा पढाई रोकीएकोले बाध्य भएर विरोध प्रदर्शन गरेका छौं।बिधालयमा अकाउन्ट विषयका शिक्षक नभएका कारण पठनपाठन प्रभावित भैरहेकोले । बिधार्थीहरुले शिक्षक को मांग गर्दै प्रदर्शन गरेका हुन। बिधालयका प्र.अ . महानगरपालिका को शिक्षा शाखामा शिक्षक आपुर्ति सहज गर्न तागेदा गर्दा शिक्षा शाखा ले आलटाल मात्र गरेकाले बिधार्थीहरुको भबिष्य बिग्रेने डरले उनीहरु प्रदर्शन गरेका हुन। बिरगंज वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले भोली बाट अकाउन्ट विषयका शिक्षक नियमित पठनपाठन गराउन हूँछ भनी आश्वासन गरेपछि बिधार्थीहरु आन्दोलन स्थगित गरी आआफ्ना घर गएका थिए।