बिरगंज । जिल्ला प्रहरी कार्यालय बारा द्वारा कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका निम्न वमोजिमका मुद्दामा बरदात पश्चात फरार रहेका निम्न मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको हो।
दिनानाथ सहनी पचरौता न.पा.७ घर भएको चेक अनादर ५०० जरिवाना इ.प्र.का.सिम्रौनगढ द्वारा पक्राउ।नन्दकिशोर प्रसाद यादव सिम्रौनगढ न.पा.७ घर भएको चेक अनादर ५०० जरिवाना। रुपेश कुमार पण्डीत सिम्रौनगढ न.पा.४ घर भएको चेक अनादर ५००० जरिवाना।
नैनवा देवी सिम्रौनगढ न.पा.१० घर भएको कुटपिट एवं लुटपिट ३००० जरिवाना । सुरेश पंडित कुम्हार महागढीमाई न.पा.१ सिमरा तेलगछिया घर भएको चेक अनादर १,००० जरिवाना प्र.चौ.बरियारपुर द्वारा पक्राउ गरि नियन्त्रणमा लिएको बारा जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका थिए।
