बिरगंज । समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिश्व बाल दिवसको अवसरमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा एवम् रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १० आदर्शनगर बजरगटोलमा स्थित आमाको माया छात्रावासमा अध्ययनरत बालबालिकाहरुलाई जनचेतना मुलक कार्यक्रम तथा प्रोत्साहन सरुप मिठाई वितरण कार्यक्रम सम्पन्न भएको थियोे । सो कार्यक्रमको प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको आतिथ्यमा एवम् ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
भने सुरक्षा निकाय , समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु एवं यस केन्द्रका पदाधिकारीहरु लगायत २५ जानाको उपस्थितीमा आमको माया छात्राबासमा अध्यनरत २५ जना बालबालिकाहरुलाई मिठाइ खुवाई कार्यक्रम सम्पन्न गरिएको थियोे।साथै प्र. ना. नि. स्वपनिल देवकोटा , सन्तोष रंजितकार ,राकेश अग्रवाल ,बसन्त प्रसाद उपाध्याय प्र.ब.ह. प्रेम राम , प्र. ह. वीरेन्द्र साह, प्र. ज.अमर सि साउद ,प्र. ज. लक्षण आलेमगर लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।
भने आमाको माया छात्रावासमा अध्ययनरत बालबालिकाहरुलाई बालबालिका भनेको के हो?नेपालको संविधानले बालबालिकाहरुलाई दिइएको अधिकार के के हुन् बालबालिकाहरुलाई के कस्ता गतिविधिहरु गरेमा बालबालिकाहरुको हक अधिकार हनन हुन्छ? र त्यस्ता क्रिया कलापहरु गरेमा कसलाई जानकारी गराउने भन्ने बारेमा जानकारी समेत गराईएको थियोे।