बिरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्ली स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन। बिधालयमा शिक्षक नहुँदा पठनपाठन नै प्रभावित भएकोले विद्यार्थीहरु द्वारा विद्यालयमा तालान्दी गर्दै आन्दोलन सुरु गरेका छन।
आज बिहान विद्यार्थीहरु नाराबाजी एवम् प्रदर्शन गर्दै विद्यालयको मेन गेटमा तालाबन्दी गरेका छन। भने कक्षा ९ र १० का विद्यार्थीहरु द्वारा विद्यालयमा तालाबन्दी गरेका थिए।
उनीहरूका अनुसार नयाँ शैक्षिक सत्र सुरु भएको यति दिन बितिसक्दा पनि विद्यालयमा विज्ञान,सामाजिक,अर्थशास्त्र र अंग्रेजी विषयको विषयगत शिक्षक छैनन् । जसका कारण पठनपाठन नै प्रभावित भएको र भबिस्य बिग्रने डर एवं चिन्ताले हामी बाध्य भएर विद्यालयमा तालान्दी गरेर आन्दोलन उत्रनुपरेको छ ।हामीले शिक्षकको व्यवस्था गर्न विद्यालय प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत कुनै चासो नलिएपछि बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाई थियोे।
हाम्रो पढाई बर्बाद भइरहेको छ । हेड सर लाई भन्दा खेरी कुनै वास्ता नै गर्नु भै रहेको छैन। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पनि विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको स्वीका गरे । उनले आन्दोलनरत विद्यार्थीहरुसंग संवाद गरेर समस्या समाधान गरिने बताए । चार महिना पहिले विज्ञानलगायतका विषयगत शिक्षक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको भएपनि कुनै कारणवश स्थगीत गर्नु परेको बताए। अहिले आन्दोलन गरिरहेको विद्यार्थीहरु संग कुरा गरेर समस्या समाधान गरिने बताए।