बिरगंज । बिरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको प्राप्त पत्रादेशानुसार यस कार्यालय दरवन्दी भई नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक दिपक भारतीलाई जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलले मायाको चिनो प्रदान गर्नु भएको थियो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत सबै तहका प्रहरी एवं अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।पर्सामा कार्यरत डिएसपी दीपक भारतीलाई हालै प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानिएको हो।पर्सा जिल्लामा नयाँ डिएसपीको रूपमा सुबाश भट्टलाई तैनाथ गरिने जानकारी प्राप्त भएको छ।सुबाश भट्टलाई अब पर्सा जिल्लामा जिम्मेवारी दिइनेछ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी अधिकृत र कर्मचारीलाई संगठनको नियम र कार्यशैलीको पालनामा कडाइका साथ लाग्न आवश्यक रहेको बताएको छ।