पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका स्थित गौतम मा. बी. मा शुक्रबारको दिन Allied Youth Society को आयोजनामा सामुदायिक प्रहरी साझेदारी तथा जिल्ला प्रहरी कार्यालय पर्सा को संयुक्त आयोजनामा लागु औषध तथा साईवर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम वीरगंजको गौतम मा. बी. मा सम्पन्न भएको थियो।सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका निरीक्षक विजय चौहानको आतिथ्यमा सम्पन्न भएको थियो।सो कार्यक्रमको अध्यक्षता कृपा चौहानले गर्नु भएको थियो भनेसो कार्यक्रममा लागु औषध प्रयोग एवम् सेवनले के कस्ता हानी नोक्सानी हुन्छ भन्ने बारेमा खुलेर विद्यार्थी भाई बहिनीहरु लाई बुझाउनुको साथै प्रशिक्षण समेत दिईएको थियो।
साईवर अपराध बाट कसरी बच्नु पर्छ के के गरे भने साईवर अपराध बाट जोगिन सकिन्छ भन्ने बारे जनचेतनामूलक प्रशिक्षण समेत दिनु भएको थियो। सो कार्यक्रममा गौतम मा. बी.का विद्यार्थी भाई बहिनीहरु तथा शिक्षक शिक्षिका लगाएतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटी गएका प्रहरी निरीक्षक विजय चौहान सहितको टोली द्वारा कार्यक्रम सम्पन्न भएको थियोे ।