बिरगंज । बिरगंजको भगवति टाेलमा स्थित श्री सत्य साई केन्द्र बिरगंज एवम् श्री सत्य साई केन्द्र प्रदेश समिति- २ को संयुक्त आयोजनामा श्री सत्य साई बाबाको ९९ औं जन्मोत्सवको उपलक्ष्यमा बिरगंजमा शोभा यात्राको आयोजना कार्यक्रम गरि धूमधामका साथ सम्पन्न गरेको छ।
सो शोभा यात्रा भगवति टाेलमा स्थित श्री सत्य साई केन्द्र बिरगंज मन्दिरबाट निकाली गीता मन्दिर हुँदै माइस्थान गहवा माताको मन्दिरमा पुगि मेन रोड हुँदै अलखियामठ बाट काली मन्दिर हुँदै श्री सत्य साई केन्द्र बाबाको मन्दिरमा पुगि समापन भएको थियो। सो शोभा यात्रामा भक्तजन एवं श्रद्धालुहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।
श्री सत्य साई केन्द प्रदेश समिति- २ समितिका अध्यक्ष जीवन प्रसाद चौरसियाका अनुसार आज दिउँसो १२ बजे देखि प्रसाद बितरण एवं नारायण सेवाको आयोजना गरिन्छ सो प्रसाद बितरण एवं नारायण सेवाको लागि बिरगंजका सम्पूर्ण भक्तजन एवम् श्रद्धालुहरुलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको थियोे।
आज पूजाआजा गरेर तेसपश्चात् सत्संग एवम् भजन र कीर्तनको कार्यक्रम पनि आयोजना हुने बताएका थिए। यस श्री सत्य साई बाबाको ९९ औं जन्मोत्सव विशेष रूपमा भक्तजन एवम् श्रद्धालुहरूका लागि समर्पित गरिएको छ। कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई सहभागी हुन अनुरोध समेत गरेका थिए। सो कार्यक्रममा श्री सत्य साई केन्द्र बिरगंजका अध्यक्ष श्रीमति सारदा देबि मान्धर , प्रदेशको उपाध्यक्ष सम्भु सवर्नकार , श्री सत्य साई सेवा ट्रस्टका सदस्य अशोक राज ठाकुर , समाजसेवी अभिलाष गुप्ता , राजेन्द्र भट्टराई लगाएतकाहरुको उपस्थिति रहेको थियो।