वीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शिविर सम्पन्न भएको हो ।
संसारीमाई धर्मशालामा आयोजित शिविरमा एक सय ४० जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शनिबार निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए ।
पार्टीले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई मध्यनजगर गर्दै आँखा चेकजाँचको अभियान सुरु गरिएको बताए । ग्रामिण इलाकाका नागरिकहरु स्वस्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच सुरु गरिएको जनाएका थिए।जनमत पार्टीका महिला नेतृ रम्भा मिश्राले जानकारी दिए।