बलिउड अभिनेता विक्की कौशल आगामी फिल्म ‘छावा’ लाई लिएर चर्चामा छन् । फिल्मको एक गीतमा छत्रपति संभाजी महाराजको भूमिकामा देखिएका विक्की डान्स गरिरहेको देखिन्छन् ।
उनको यो नृत्यप्रति पूर्वराज्यसभा सांसद संभाजी राजे छत्रपतिले विरोध जनाएका छन् । उनको विरोधपछि फिल्मबाट विक्कीको डान्स सिन हटाइएको छ ।
सिट हटाएपछि विक्कलीले प्रतिक्रिया दिएका छन् । ‘फिल्ममा २०–३० सेकेन्डको मात्रै डान्स थियो । यो कहानीको भाग मात्रै थिएन, हाम्रो संस्कृतिलाई विश्वस्तरमा लैजाने एक प्रयास थियो,’ उनले भनेका छन् ।
लक्ष्मण उतेकर निर्देशित फिल्म ‘छावा’ मा विक्की कौशल, रश्मिका मन्दना, अक्षय खन्नाको मुख्य भूमिका छ । यो फिल्म मराठी लेखक शिवाजी सावन्तको चर्चित उपन्यास ‘छावा’ मा आधारित छ । फिल्म १४ फ्रेबुअरीदेखि प्रदर्शन आउँदैछ ।